विदेशको कमाइले श्रीमतिको नाममा जग्गा पास, श्रीमति अर्कै पुरुषसँग टाप !


बारा । मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साहले देखेको सपना तुहिएको छ।

बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा तुहियो । पत्नी सुनैनाले आफ्नो नानको सम्पत्तिसहित नयाँ पति बनाएको थाहा पाएपछि हरेराम छाँगाबाट खसे ।

उनले भने, ‘उनलाई खुसी पार्न के के गरिन, सिसौनगढमा किनेको १० धुर घडेरी सुनैनाकै नाममा पास गराएँ । छोराछोरीको पढाइका लागि सदरमुकाम कलैयामा आऊ धुर जग्गा जोडेँ । त्यो जग्गा पनि उनकै नामबाट रजिस्ट्रेसन पास गराएँ । तैपनि मलाई धोका दिई उनले नयाँ पति वरण गरिन् ।’

हरेरामले बैदेशिक रोजगारीका क्रममा श्रीमती मात्र गुमाएनन्, पाँच वर्षसम्म दिनरात मेहनत गरी कमाएको सम्पत्तिसमेत गुमाउनु पर्‍यो । हरेराम छोरा-छोरीसहित प्रहरीमा न्यायका लागि पुगेपछि प्रहरीले सुनैनालाई झिकायो तर उनले हरेरामसँग बस्न इन्कार गरिन् ।

वैदेशिक रोजगारीले समाजमा ठूलो असर पारेको छ । देशमा रोजगारी पाइदैन्, कमाउन विदेश पुगेपछि परिवार तहसनहस बनिरहेको छ ।

प्रकाशित : २०७९ असार ४, शनिबार ०७:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ