मधेस : ग्याँस सिलिन्डर पड्किदा खाना पकाइरहेकी महिलाको मृत्यू


रौतहट । ग्यास सिलिन्डर पड्केर रौतहटमा एक जना वृद्धाको मृत्यु भएको छ ।

गढीमाई नगरपालिका १ समनपुरमा शनिबार बिहान भान्छा कोठामा खाना पकाइरहेको अवस्थामा ग्यास सिलिन्डर पड्किँदा एक वृद्ध महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गढीमाई नगरपालिका १ समनपुरका बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवी रहेकी छन् । खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएपछि सहनीको घटनास्थलमै मृत्यु भएको स्थानीय राजु सहनीले जानकारी गराएका छन् ।

आज बिहान ८ बजे ग्यास पड्किएको सहनीको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित : २०७९ असार ४, शनिबार १०:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ