क्यानडा र अस्ट्रेलिया पठाइदिने नाममा ठग्दै हिड्ने यी यूवकलाई प्रहरीले समात्यो


काठमाडौं । एक युवकले विभिन्न महिलाहरूलाई विदेश ल्यैजाने भन्दै ठगी गर्ने गरेको खुलेको छ ।

जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौको टोलीले बारा जितपुर सिमरा उपमहानगरपालिका १ घर भई हाल काठमाण्डौको हाडिगाँउ बस्ने ३२ वर्षीय रुपेश कार्कीलाई नियन्त्रणमा लिएको हो ।

कार्कीले अहिलेसम्म दुई जना महिलाबाट विदेश लग्ने भन्दै पैसा लिएको खुलेको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ बिरौटा बस्ने  २२ वर्षीय एक जना महिलालाई क्यानडामा पठाई दिन्छु भन्दै ठगी गरेका थिए ।

उनीबाट रुपेशले  एघार लाख एकहत्तर हजार रुपैयाँ लिएको उजुरी प्रहरीमा परेको थियो । त्यस्तै काठमाण्डौको पेप्सीकोला बस्ने २८ वर्षीया अर्की महिलालाई पनि डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजान्छु भन्दै ठगी गरेका थिए ।

उनीबाट पनि  नौ लाख पचहत्तर हजार रुपैयाँ लिएर फरार भएका थिए । रुपेश कार्कीले यस्तै घटनामा अन्य व्यक्तिहरूलाई समेत ठगी गरेको हुन सक्ने भएकोले पीडित भए प्रहरीको सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।

रुपेश विरुद्ध मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २१ को देहाय २४९ को कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद लिएर अनुसन्धान सुरु गरिसकेको छ ।

प्रकाशित : २०७९ असार ४, शनिबार १६:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ