आठ सय सुन्दरीलाई पछि पार्दै प्रियन्का पहिरिन् मिस नेपाल २०२२ को ताज


काठमाडौं । मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले जितेकी छिन् ।

ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।

त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएकी छन ।

मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए ।

प्रकाशित : २०७९ असार ४, शनिबार १९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ