सुनको लौरोले डुबाउँने भयो दुर्गा प्रसाइलाई !


काठमाडौं । यूएइका राजकुमारबाट सुनको लौरो उपहार पाएका नेकपा एमालेका केन्द्रिय सदस्य एवं व्यवसायी दुर्गा प्रसाईलाई त्यहि सुनको लौरोले डुबाउँने अवस्था आएको छ ।

सुनको लोरौ उपहारमा पाएपछि एकाएक देशभर भाइरल भएका प्रसाइलाई समस्या पर्ने अवस्था देखिएको छ । युएइका राजकुमारले सुनको लौरो ल्याएको कुनै पनि सरकारी रेकर्डमा नदेखिएको भन्दै अनुसन्धान सुरु भएको छ ।

कर नितरी सुनको लौरो ल्याएको भन्दै समाचार प्रकाशित भएपछि भन्सार विभागले चासो र राखेर अनसन्धान सुरु गरेको हो । गैरकानुनी रुपमा लौरो ल्याएको पाइएमा कारबाही हुनेछ । यता सुनको लौरो नै नक्कली होकी भन्ने आशंका पनि गरिएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई)का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ त्यसबारेको रहस्यको खोजी हुँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले राजकुमार जुमाले सुनको लौरो ल्याएकोबारे भन्सार कार्यालय अनभिज्ञ रहेको बताएका छन् ।

उनले भने, ‘उहाँ बिहान त्रिवि विमानस्थल हुँदै झापा पुग्नुभएको र सुनको लौरो उपहार दिनुभएको भन्ने सुनियो । तर, सुनको लौरो ल्याएकोबारे भन्सारलाई जानकारी गराउनुभएको छैन ।’

भीभीआईपीले विमानस्थल प्रयोग गर्दा विशिष्ट कक्ष प्रयोग गर्न पाउने सुविधा रहे पनि मापदण्डविपरीतका वस्तु ओसारपसार गर्न नपाउने उनले बताए ।

भीभीआईपी आफैं जिम्मेवार व्यक्ति हुने भएकाले चेक–जाँचमा सामान्य यात्रुसरह कडाइ नहुनेसमेत भट्टराईले जानकारी दिए । लौरो कुन माध्यमबाट झापा पुग्यो भन्नेबारे विमानस्थलस्थित भन्सार कार्यालय अनभिज्ञ छ ।

प्रकाशित : २०७९ असार ५, आईतवार १०:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ