उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाँउपालिकामा सार्वजनिक बिदा


रुपन्देही । मर्चवारीमा गाउँपालिकाले उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाँउपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको छ ।

उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको भन्दै अध्यक्ष गयाप्रसाद बरईले सूचना जारी गरेका छन् ।

गाउँपालिकाका सबै त्यसतर्फ जानुपर्ने भएकाले विदा दिइएको अध्यक्ष बरईले जानकारी दिए ।

प्रकाशित : २०७९ असार ५, आईतवार १५:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ