नेपालमा कल सेन्टर सञ्चालन गरी अमेरिकामा ठगी, १३ जना पक्राउ


काठमाडौं । नेपालमा कल सेन्टर सञ्चालन गरि अमेरिकामा बस्दै आएकाहरूलाई ठगी गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निशान गैरे, मनिष तिवारी, विजय श्रेष्ठसहित ८ जना पुरुष र ५ जना महिला रहेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले दुई भारतीय र ११ नेपालीलाई आइतबार पत्रकार सम्मेलन गरेर १३ जना सार्वजनिक गरेको हो ।

उनीहरूले सामाखुशीस्थित अर्बिट नेक्सस प्रालि नाममा कल सेन्टर सञ्चालन गरी अमेरिकामा बस्नेहरुलाई कम्प्युटरमा म्यासेज पठाएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

उनीहरुले माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खाता लगायतका निजी सूचना माग गरी पैसा ठगी गर्दै आएका थिए ।

उनीहरुबाट ९० वटा कारोबार भएको देखिएपनि ती सबै ठगीको कारोवार हो होइन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ असार ५, आईतवार २२:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ