सिरहा जिससमा एमाले- जसपा गठबन्धनको पुरा प्यानलै निर्वाचित, हेर्नुहोस् डिटेल


सिरहा । जिल्ला समन्वय समिति सिरहामा नेकपा एमाले- जनता समाजवादी पार्टी (जसपा) गठबन्धनको पुरा प्यानलै निर्वाचित भएका छन् ।

सभापतिमा जसपाका दिनेश महतो र उपसभापतिमा एमालेका दिलिप महतो निर्वाचित भएका हुन् । महतो लहान र लामा गोलबजारका हुन् ।

यस्तै सदस्यहरूमा एमालेबाट गिता कुमारी पासवान, सोनाबती कुमारी महरा, रबिन्द्र महतो र सूर्यनाथ यादव तथा जसपाबाट शोभा कुमारी यादव र जानकी यादव र सुरेश यादव निर्वाचित भएका छन् ।

१७ पालिका रहेको सिरहामा एमाले ९ पालिका जितेर पहिलो पार्टी बनेको छ । तर सत्ता गठबन्धन भत्काउन एमालेले जसपालाई सभापति दिएर उपसभापति र चार सदस्य जिताउन सफल भएको छ ।

एमाले- जसपाबीच गठबन्धन भएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसले पनि गठबन्धन गरेको थियो । तर यो गठबन्धनको एउटै उम्मेदवार जित्न सकेनन् ।

प्रकाशित : २०७९ असार ६, सोमबार १७:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ