Breaking- एसपीपी अस्वीकार गर्ने पत्र अमेरिकालाई लेख्ने सरकारको निर्णय


काठमाडौं । सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) स्वीकार गर्न नसकिने पत्र संयुक्त राज्य अमेरिकालाई लेख्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले एसपीपीमा सहभागी हुन नसकिने जानकारी अमेरिकालाई दिने निर्णय गरेको शिक्षामन्त्री देवेन्द्र पौडेलले बताए ।

एसपीपी सम्झौता सेनाले गरेको पत्र सार्वजनिक भएपछि राजनीतिमा हलचल मचेको थियो । यो पत्रका कारण सेना र नेकपा एमाले अध्यक्ष केपी ओली समेत विवादमा तानिएका छन् ।

प्रकाशित : २०७९ असार ६, सोमबार १९:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ