अब खाना पकाउने ग्याँस गरिबलाई सस्तोमा दिने, धनीलाई महँगोमा !


काठमाडौं । नेपाल आयल निगमले घाटा चुलिएपछि ग्यासको दोहोरो मूल्य कायम गर्ने भएको छ ।

आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले ग्यासको मूल्य दुईथरी कायम गर्ने तयारी भइरहेको बताएका छन् । सोमवार पत्रकार सम्मेलन गर्दै थानीले ग्यासको मूल्य दुई थरी कायम गर्न समिति गठन गरिएको बताएका हुन् ।

अघिक घाटाकै कारण मूल्यवृद्धि गर्नु परेको उनले बताए। गरिब घर परिवारलाई सस्तो र धनी परिवारलाई महँगो (सम्भवत परल मूल्यमा) ग्यास बेच्ने गरी मूल्य कायम गर्ने तयारी गरिएको छ । यसकै लागि नापतौल विभागका महानिर्देशकको नेतृत्वमा समिति गठन गरिएको छ ।

त्यसैगरी, पूर्वाधार कर समायोजन गरेको रकम अर्थ मन्त्रालयसँग शोधभर्ना लिने निगमले जनाएको छ । ४५ दिनको प्रतिलिटर १० रुपैयाँ शोधभर्ना गर्ने तयारी निगमको छ ।

धेरै मूल्य बढाउँदा पनि जनाताले धैर्य गरेकोमा धन्यवाद दिँदै थानीले यति धेरै कर लगाउँदा अप्ठ्यारो भइरहेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : २०७९ असार ७, मंगलवार ०७:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ