चार लाखभन्दा कम रूपैयाँ खर्चमै काठमाडौंको मेयर जितेर इतिहास रचे बालेन शाह


काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय तह निर्वाचनमा आफूले गरेको खर्च विवरण सार्वजनिक गरेका छन् ।

ढिला गरी खर्च सार्वजनिक गरेकोमा माफी माग्दै शाहले कूल ३ लाख ९४ हजार ४ सय ९९ रुपैयाँ खर्च भएको जानकारी दिए । यति कम रूपैया खर्च गरेर काठमाडौंको मेयरमा जितेर शाह इतिहास रहेका हुन् ।

उनले यसमध्ये १ लाखभन्दा बढी मतगणनाको बेला मात्र खर्च भएको बताउँदै मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै नभएर उम्मेदवारका लागि महँगो बनाइरहेको जिकिर गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरूले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरानब्बे हजार चार सय उनान्नब्बे रुपैयाँ (रु. ३,९४,४८९) भएको छ । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी भएको थियो ।’

उनले थपे, ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महँगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ । र, भन्नै पर्ने कुरा छ- एउटा उम्मेदवारका रूपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि सङ्ख्या राखेर देखाउन सक्दैन । त्यो अमूल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउन हामी हरसमय खटिरहनेछौँ ।’

प्रकाशित : २०७९ असार ७, मंगलवार ०८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ