राजनीतिक यात्राको औपचारिक घोषणा गर्दै रवि लामिछाने


काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले आज आफ्नो राजनीतिक यात्राबारे औपचारिक घोषणा गर्ने भएका छन् ।

पछिल्लो समय ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सीधा कुरा’ कार्यक्रम सञ्चालन गरिरहेका लामिछानले काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा आज दिउँसो १ बजे आफ्नो राजनीतिक यात्राबारे विस्तृत जानकारी दिने भएका हुन् ।

राजनीतिमा नयाँ पुस्ता बन्ने घोषणा गरेका लामिछानले टेलिभिजन छोडेकै दिन गत बिहीबार आज आफ्नो राजनीतिक यात्राबारे जानकारी दिने बताएका थिए ।

प्रकाशित : २०७९ असार ७, मंगलवार ११:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ