रवि लामिछाने पार्टीको मुख्य एजेन्डा : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री


काठमाडौं । पत्रकारिता छाडेर राजनीतिमा आएका रवि लामिछानेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेण्डालाई अघि सारेका छन् ।

मंगलबार राष्ट्रिय सभागृहमा राजनीतिक घोषणा कार्यक्रममा उनले सो कुरा उल्लेख गरेका हुन् । उनले आफ्नो पार्टीमा ५०.१ प्रतिशत युवा सहभागिता गराउने पनि बताए ।

आफ्नो पार्टीबाट मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री र प्रदेशका मुख्य मन्त्रीलाई दिइने, निर्वाचित व्यक्तिले काम नगरे पार्टीबाटै हटाउने, परिवारवादलाई निषेध गर्ने र डिजिटल भोटिङका लागि पहल गर्ने लगायतका एजेण्डा अघि सार्ने घोषणा गरेका छन् ।

उनको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने घोषणा गरेका छन् । पार्टी घोषणा कार्यक्रममा लामिछानेले आफू व्यवस्था बदल्न नभई नागरिकको अवस्था बदल्न राजनीतिमा आएको दाबी गरे ।

प्रकाशित : २०७९ असार ७, मंगलवार १४:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ