सांसद अनिल झाको गुनासो – तराईका युवाहरुको बिहे हुनै छाड्यो


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले तराईका युवाहरुको बिहे हुनै छाडेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले विदेशी बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिने भनी भएका बहसपछि तराईका युवाहरुको बिहे हुनै छाडेको गुनासो गरेका हुन्।

‘विदेशी बुहारीहरुलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियम प्रस्तावित व्यवस्थाको कारणले तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन्,’ उनले भने ।

नागरिकता तुरुन्तै नपाउने प्रस्तावित व्यवस्थाकै कारण भारतीय युवतीहरुले नेपालका युवाहरुसंग बिहे गर्न मान्न छाडेको उनको भनाइ छ ।

‘भारतका सजातीय केटीहरु अब नेपालमा बिहा गर्न मान्दैनन् । यसको समाधान कसरी हुन्छ राज्यले त्यसको व्यवस्था के गर्न सक्छ,’ नेता झाको सरकारलाई प्रश्न छ ।

प्रकाशित : २०७९ असार ७, मंगलवार १६:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ