मधेस : युवतीलाई अपहरण गरी भारतमा लगेर बलात्कार, अन्सारी पक्राउ


जनकपुरधाम । अपहरण, शरीर बन्धक, बलात्कार एवम् मानव वेचबिखन तथा ओसारपसार मुद्दामा संलग्‍न रही फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका ७ बरेवा टोल बस्ने १९ वर्षीय ईर्साद अन्सारी रहेका छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अन्सारी समेत ३ जनाले २०७७ फागुन ५ गते बेलुकी १६ वर्षीया किशोरीलाई कलैया उपमहानगरपालिका १ बाट अपहरण गरी भारतको लुधियाना पुर्‍याएका थिए ।

लुधियानामा बन्धक बनाई बलात्कार तथा मानव वेचबिखन र ओसारपसारसमेतको कसूर गरी फरार रहेको घटनामा संलग्नमध्ये अन्सारीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कलैया उपमहानगरपालिका ५ मा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत बारामा पेस गरिएकोमा अदालतको आदेशनुसार मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय वीरगंजमा पठाइएको छ ।

प्रकाशित : २०७९ असार ८, बुधबार १४:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ