४ दिनभित्र सबै स्थानीय तहका उम्मेदवारलाई खर्च विवरण बुझाउन निर्देशन


काठमाडौँ । अबको ४ दिनभित्र ७५३ वटै स्थानीय तहका उम्मेदवारले निर्वाचनको खर्च विवरण बुझाइसक्नुपर्ने भएको छ ।

निर्वाचन मत परिणाम घोषणा भएको एक महिना भित्र निर्वाचित खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न निर्वाचन आयोगले मातहतका कार्यालयलाई निर्देशन दिएको हो ।

स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावलीअनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले खर्च विवरण बुझाइसक्नुपर्छ ।

स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । सबैभन्दा ढिलो काठमाडौं महानगरपालिकाको मत परिणाम जेठ १२ गते आएको थियो ।

काठमाडौं महानगरपालिकाको निर्वाचनको परिणाम घोषणा भएको ३० दिनले हिसाब गर्दा असार १२ भित्र महानगरपालिकाका उम्मेदवारले खर्च विवरण बुझाई सक्नुपर्ने हुन्छ ।

अन्य स्थानीय तहका उम्मेदवारले भने त्यो भन्दा पनि अघि नै निर्वाचनको खर्च विवरण पेस गरिसक्नुपर्नेछ ।

प्रकाशित : २०७९ असार ८, बुधबार २०:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ