तुलसीपुर कारागारमा रहेकी ‘अविवाहित’ महिलाले बच्चा जन्माइन्, कसरी भयो यस्तो ?


दाङ । तुलसिपुर कारागारमा जेल भुक्तान गरिरहेकी एकजना महिलाले बच्चा जन्माएकी छिन् ।

बैंकिङ कसुरमा जेल सजाय काटिरहेकी कुसुम थापाले असार ६ मा अस्पतालमा बच्चा जन्माएकी हुन् । ३० लाख धरौटी तिर्न नसकेपछि बाँकेको जानकी गाउँपालिका ४ खजुरा घर भएकी थापालाई अदालतले थुनामा राख्न आदेश गरेको थियो ।

राप्ती प्रादेशीक अस्पतालमा उनले छोरा जन्माएकी हुन् । उनले आफू अविवाहित रहेको बताएकी छिन् । तर उनी कसरी गर्भवती भइन् भन्ने गम्भीर प्रश्न उठेको छ । उनी अहिले केहि बताएकी छैन् ।

ग्रामिण विकास लघुवित्त संस्था लमहीमा फिल्ड सहायक हुँदा रकम हिनामिना गरेको भन्दै सो संस्थाले बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित : २०७९ असार ८, बुधबार २२:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ