आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने


काठमाडौं । आजदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप दिइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा दिइने छ । त्यसैगरी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ ।

खोप लगाउन नजिकैको विद्यालयमा रहेको खोप केन्द्रमा लान मन्त्रालयले आग्रह गरेको छ । दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ ।

देशमा ५-११ उमेर समूहका बालबालिका करिब ३९ लाख छन् । सो उमेर समूहका हरेक बालबालिकालाई खोप लगाउन सरकार अपिल गरेको छ ।

प्रकाशित : २०७९ असार ९, बिहीबार ०६:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ