विवाह गरेलगत्तै बेहुलीले दिइन् श्रीमानलाई ५० लाखको जीवन बीमा उपहार !


काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गईरहेको छ ।

यसै सन्दर्भमा आफ्नो श्रीमानको जीवनमा आइपर्ने जोखिम बहन र बचत गर्ने उद्देश्यले वैवाहिक जीवनको सुरुवात गरेकी सृजना भुसालले जीवनसाथी महेश ज्ञवालीलाई ५० लाख रुपैयाको जीवन बीमा उपहार प्रदान गरी सुरु गरेकी छन् ।

कम्पनी बेलबास शाखाबाट ५० लाख रुपैयाको शुभारम्भ योजना खरिद गरी जीवनमा विपत्तिले निम्त्याउने आर्थिक समस्याको समाधान गर्न आफूले जीवन बीमा रोजेको र यसले जीवन जोखिम हुँदा आर्थिक सहयोग प्रदान गर्ने भएकाले सबैलाई जीवन बीमा गर्न सुझाव दिएकी छन् ।

विवाह समारोहमा उपस्थित सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख बजार अधिकृत भुषण रिमालले अनुसरणिय कार्य गरेको र सबैले यस्तै कार्य गरेमा सबैको जोखिम बहन हुने, जीवन यात्रा सहज हुने भन्दै नव दम्पतीलाई वैवाहिक जीवनको शुभकामना प्रदान गरे ।

विवाह समारोहमा उपस्थित आफन्त, जन्तीपक्षले नौलो कामको प्रसंसा गर्दै आफूहरु पनि जीवन बीमा गराउन इच्छुक रहेको र छिट्टै यो शुभ कार्यको थालनी गर्ने बताएका छन् ।

प्रकाशित : २०७९ असार ९, बिहीबार ०७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ