Breaking- सेवाग्राहीलाई गाली गरेका लहान अस्पतालका कर्मचारी महतो पक्राउ


सिरहा । रामकुमार सारडा उमाप्रसाद मुरारकका स्मारक अस्पताल लहानका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नायब सुब्बा बासुदेव महतो छन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डीएसपी कुमार मैनालीले कर्मचारी महतोलाई नियन्त्रणमा लिइएको पुष्टि गरे । ति कर्मचारीमाथि आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाएको डिएसपी मैनालीले बताए ।

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा गाली गरेका थिए । त्यसपछि होहल्ला भएको थियो ।

कर्मचारी महतोले सेवाग्राहीलाई गाली गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ।

प्रकाशित : २०७९ असार ९, बिहीबार ०९:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ