काठमाडौंमा भाँडोमा राखेको पानीको परीक्षण गर्दा हैजा फैलाउने जीवाणु भेटियो


काठमाडाैं । काठमाण्डाैको बागबजारका भाँडोमा थापेर राखेको धारा र ट्युबवेलको पानीमा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ ।

इकोली र कोलीफर्म भएको पानी खाएकै कारण दुई जना दिदीबहिनीलाई हैजा भएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले उज्यालोलाई जानकारी दिए ।

उनका अनुसार उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ । धारा र ट्युबवेलबाट आएको पानीको नमुना परीक्षण गर्दा हैजामा पाइने जीवाणु भेटिएको उनले बताए ।

भाँडोमा राखेको पानीको नमुना परीक्षणमा हैजा फैलाउने जीवाणु भेटिएकाले धाराको पानी र ट्युबवेलको पानीको स्रोतमा नै परीक्षण गर्न लागिएको डाक्टर चुमनलाल दासले बताए । उनका अनुसार पानीको स्रोत र वितरण केन्द्रमा नमुना परीक्षणका लागि टोली खटिसकेको छ ।

हैजा देखिएको बागबजार क्षेत्रका अन्यमा भने अहिलेसम्म हैजाको लक्षण देखिएको छैन । तर, जोखिम उच्च रहेकाले वरिपरिका नागरिकलाई निगरानीमा राखिएको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले जानकारी दिए ।

यस्तै, काठमाण्डौको टेकु अस्पतालमा उपचाररत अन्य दुई जनामा पनि हैजा पुष्टि भएकाले उपत्यकामा भित्रभित्रै हैजा फैलिएको हुनसक्ने आशङ्का गरिएको छ ।

यस्तै, उपचारमा रहेका अर्का व्यक्तिमा पनि हैजाको आशङ्का गरिएको छ । जोखिमयुक्त क्षेत्रमा पनि पानीको नमुना परीक्षण भइरहेको उनले बताए । ठाउँ ठाउँमा हैजाको सङ्क्रमण देखिन थालेकाले काठमाण्डौमा हैजा फैलने जोखिम बढेको छ ।

प्रकाशित : २०७९ असार ९, बिहीबार ११:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ