Breaking- सप्तरीमा बस पल्टियो : एक महिलाको मृत्यू, ११ यात्रु घाइते


लहान । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बस पल्टिएपछि एक महिलाको मृत्यू र दर्जनौं यात्रु घाइते भएका छन् ।

हनुमाननगर कंकालिनि नगरपालिका १ कोशि ब्यारेज र कंकालिनि मन्दिरको बीचमै ना ५ ख १८९८ नम्वरको बस पल्टेको हो । बसमा सबार पहिचान नखुलेको एक महिलाको मृत्यू भएको छ ।

बसमा सबार ११ यात्रु घाइते भएका छन् । जसमध्ये भारदह अस्पतालमा ६ जना र स्थानीय मेडिकलमा ५ जनाको उपचार भइरहेको छ । अन्य केहि यात्रु घाइते हुनबाट जोगिएका छन् ।

प्रहरीका अनुसार बस बिराटनगरबाट कटारी जांदै गर्दा अचानक अनियन्त्रित भई रोडबाट उतर साईटमा २० फिट तल झरेको छ ।

प्रकाशित : २०७९ असार ९, बिहीबार १२:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ