जसपाका मन्त्री श्रेष्ठका सचिवालय कर्मचारी सरुवामा १५ लाखमा बार्गेनिङ गरेको खुलासा


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको नीजि सचिवालयका कर्मचारीमाथि सरुवाका लागि १५ लाखसम्मको ‘बार्गेनिङ’ गरेको आरोप लागेको छ ।

विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनीहरुले १५ लाखसम्म माग गरेको आरोप मन्त्रालयकै कर्मचारीले लगाएका हुन् ।

मन्त्री सचिवालयका ती कर्मचारीले ‘मन्त्रीज्यूको पार्टीलाई चुनावी खर्च आवश्यक पर्ने’ भन्दै सरुवा माग्न आउनेसँग ‘बार्गेनिङ’ गर्ने गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार देशभरका अधिकांश स्थानीय तहले गत १० असारसम्म नीति कार्यक्रम र बजेट ल्याइसकेका छन् ।

यसलगत्तै संघीय मामिला तथा सामान्य प्रशासनले स्थानीय तहमा ठूलो संख्यामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर गृहकार्य थालेको छ ।

श्रेष्ठ जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका छन् । केहि दिन अगाडी उनलाई आफ्नै पार्टीका सांसद रामबाबु यादव कुटेका थिए।

प्रकाशित : २०७९ असार १२, आईतवार १०:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ