नेपालमा चट्याङ लागेर ६ जनाको मृत्यु


काठमाडौं । देशका विभिन्न भागमा परेको चट्याङमा परेर ६ जनाको ज्यान गएको छ । कैलाली, कञ्चनपुरमा दुईरदुई जना र रूपन्देही, नवलपरासी (पश्चिम) एकरएक जना गरी ६ जनाले ज्यान गुमाएका हुन् ।

कैलाली, गोदावरी नगरपालिका ३ मालाखेतीस्थित रेडियन्ट ग्याँस कम्पनीको जमीनमा रोपाइँ गर्ने क्रममा कञ्चनपुर कृष्णपुर नगरपालिका ५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ् लागेर मंगलबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

कैलाकीकै कैलारी गाउँपालिका १ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको आफ्नै घर नजिक खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । चट्याङ् लागेर अशक्त भएकी उनको उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

कञ्चनपुर, पुर्नवास नगरपालिका ६ न गाउँ बस्ने ४० वर्षीय देपेन्द्र श्रेष्ठ र सोही नगरपालिका ८ क गाउँ बस्ने २५ वर्षीया शारदा थापाको आ-आफ्नो खेतबारीमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

यस्तै रूपन्देही, सियारी गाउँपालिका २ च्याङठा बस्ने ४५ वर्षीय रामनाथ बरईको आफ्नै खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम), सुनवल नगरपालिका ९ स्वाठी बस्ने ६० वर्षीया मराछी चौधरीको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको छ । रामग्राम नगरपालिका १० लक्ष्मीपुरास्थित छोरीको खेतमा रोपाइँ गर्ने क्रममा चट्याङ लागेर अशक्त भएकी उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित : २०७९ असार १४, मंगलवार २०:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ