सिरहामा डुबेर ३ वर्षीय बालकाको मृत्यु


टुडेखोज, लहान । सिरहाको सुखिपुर नगरपालिकामा डुबेर एक बालकको मृत्यू भएको छ ।

मृत्यू हुनेमा सुखिपुर नगरपालिका ५ हनुमाननगर टोलका विनोद पासवानका ३ वर्षीय छोरा नारद कुमार पासवान रहेका छन् । घर छेउमा रहेको पोखरीमा डुबेर उनको मृत्यू भएको छ ।

प्रहरीका अनुसार पोखरीको डिलमा खेल्ने क्रममा खसेर डुब्दा उनको मृत्यु भएको हो । घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : २०७९ असार १४, मंगलवार २०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ