पानीको बहाव बढेपछि कोसी ब्यारेजमा बालियो रातो बत्ती


सुनसरी । लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ।

सप्तकोसीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक कटेपछि खतराको संकेतका रूपमा रातो बत्ती बाल्ने गरिन्छ। सप्तकोसीमा बुधबार पानीको बहाव १ लाख ५८ हजार १ सय २५ क्युसेक पुगेको जिल्ला प्रशासन कायार्लेलय सुनसरीले जनाएको छ ।

भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका ५६ ढोकामध्ये २१ वटा मात्र खोलिएका छन् । सबै ढोका नखोलेका कारण कोसी गाउँपालिका र बराहक्षेत्र नगरपालिकाको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा पर्नुका साथै श्रीलंका टापुको जमिन कटानमा पर्न थालेको स्थानीयले बताएका छन् ।

हरेक वर्ष वर्षायाम लागेपछि सप्तकोसीमा बाढी आउने र समयमै सबै ढोका नखोलेने हुँदा आसपासका सर्वसाधारणको जनजीवन प्रभावित हुने गरेको छ ।

प्रकाशित : २०७९ असार १५, बुधबार १४:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ