मधेश आन्दोलन र जनयुद्धका सहिद परिवारलाई मासिक २१ हजार भत्ता पाउने


जनकपुरधाम । मधेश सरकारले मधेश आन्दोलन र नेकपा माओवादी केन्द्रको १० वर्षे जनयुद्धमा सहिद भएकाको परिवारलाई भरणपोषण बापत मासिक २१ हजार रुपैयाँ दिने भएको छ।

गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको मधेशी सहिद प्रतिष्ठानले सहिदका छोराछोरीलाई समेत निःशुल्क पठनपाठनका लागि छात्रवृत्ति दिन लागेको हो ।

भरणपोषण तथा छात्रवृत्ति सम्बन्धी कार्यविधिक २०७९ को दफा ९६० बमोजिम मधेश आन्दोलन तथा जनयुद्धमा शहीद भएका परिवारको आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिलो प्राथमिकतामा राखी मासिक अधिकतम २१ हजार रुपैयाँका दरले मधेशी सहिद प्रतिष्ठानको निर्णय गरेको हो ।

सहिदका सन्तानलाई कक्षा १ देखि ६ सम्म १६ हजार रुपैयाँ र कक्षा ७ देखि १२ सम्म १८ हजार रुपैयाँ एकमुष्ट वार्षिक रुपमा छात्रवृत्ति दिने मन्त्रालयले जनाएको छ ।

भरणपोषण तथा छात्रवृत्तिको लागि प्रतिष्ठानले गत जेठ १० गते सूचना प्रकाशित गरेर आवेदन दिन सहिद परिवारहरुलाई आह्वान गरेको छ । यस्तो सुविधा मधेश आन्दोलन र जनयुद्धमा सहिद भइ नेपाल सरकारबाट समेत सहिद घोषणा भएकाको परिवारले मात्र पाउने छन् । – नेपाल खबर

प्रकाशित : २०७९ असार १६, बिहीबार ०९:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ