मधेश प्रदेशसभाको बैठक २० असारमा बस्ने


जनकपुरधाम । मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते बस्ने भएको छ ।

बैठक २० गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए । असार १ गते बजेट प्रस्तुत गरेपछि प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

प्रदेश सभा सचिवालयका सचिव यादवका अनुसार २० गतेको बैठकमा बजेटमाथि छलफल हुनेछ । केही विधेयकमा छलफलसमेत हुने उनले बताए ।

१ असारमा अर्थमन्त्री शैलेन्द्र साहले आगामी आर्थिक बर्ष २०७९/८० का लागि रु ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित : २०७९ असार १६, बिहीबार १४:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ