औरही गाउँपालिका‌ले करारका सबै कर्मचारी हटाउने !


सिरहा । औरही गाउँपालिका‌, सिरहामा करारमा कार्यरत सबै कर्मचारीलाई हटाउने सहमती जनप्रतिनिधीहरुबीच बनेको छ ।

गाउपालिकाको सातौं गाउँसभाको बन्दसत्रमा करारका कर्मचारीलाई हटाउनुपर्ने आवाज उठेको थियो । त्यसपछि सो विषयमा छलफल चल्दा सबै जनप्रतिनिधि करारका कर्मचारीलाई हटाउन सहमत बनेको स्रोतले जनायो ।

औरही गाउपालिका‌मा आधा बढी कर्मचारी करारकै छन् । उनीहरुलाई हटाएपछि कामकाज प्रभावित हुनेछ । त्यसैले तत्कालै नयाँ कर्मचारी भर्ना गरिने बुझिएको छ ।

एक कर्मचारीका अनुसार करारका कर्मचारीहरुको असार मसान्तसम्म म्याद रहेको छ । उनीहरुको म्याद नथपेपछि स्वत: नियुक्ति बदर हुनेछ ।

प्रकाशित : २०७९ असार १८, शनिबार १९:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ