मधेसमा छोरी शिक्षा बिमा पुनः सुरु, ग्लोवल आइएमई बैंकसंग सम्झौता


जनकपुरधाम । मधेस सरकारको महत्वाकांक्षी योजना छोरी शिक्षा विमा पुनः सुरु हुने भएको छ ।

छोरी शिक्षा विमा सुरु गर्न मधेसको शिक्षा विकास निर्देशनालयले ग्लोवल आइएमई बैंकसंग सम्झौता गरेको हो । सम्झौता भएलगत्तै छोरी शिक्षा विमा सुरु भइसकेको शिक्षा निर्देशक चुडामणी फुयालले जानकारी दिए ‌।

उनका अनुसार २०७८ माघ १ गतेपछि जन्मिएको छोरीहरुको लागि सुरू गरिको बिमा २० बर्षपछि ३ लाख दिनेगरी प्रति बिमा ३७ हजार ४५७ रुपैया ६० पैसा मधेस सरकारले बैंकलाई दिनुपर्ने सम्झौता भएको छ ।

सम्‌झौता पत्रमा मधेस सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाल र बैंकको तर्फबाट ग्लोवल आइएमई बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रदेश सरकारले यसअघि प्रभु बैंकसंगको सम्झौता गरेको थियो । तर पछि उक्त बैंकले हात झिकेपछि छोरी शिक्षा विमा कार्यक्रम रोकिएको थियो । यो कार्यक्रम रोकिएपछि सदनमा समेत सरकारको आलोचना भएको थियो ।

मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत सञ्चालित छोरी शिक्षा बिमाको समुद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले ९ फागुन २०७५ मै गरेकी थिइन् ।

प्रकाशित : २०७९ असार १९, आईतवार २०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ