मधेस सरकारको बजेटमाथि आजदेखि छलफल हुने


जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि आजदेखि छलफल सुरू हुने भएको छ ।

बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि आव्हान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

यही असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट पेस गरेका थिए । त्यसपछि प्रदेशसभा सचिवालयले बैठक स्थगित गरेको थियो ।

प्रकाशित : २०७९ असार २०, सोमबार ११:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ