प्रधानमन्त्रीका ज्योतिषी सुरेशचन्द्र भन्छन्- मंसिर २ वा ४ मा निर्वाचन उत्तम


काठमाडाैं । निर्वाचन आयोगले २ मंसिरमा एकै चरणमा प्रदेश सभा तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।

बुधबार आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचन मिति तोक्न सरकारलाई सुझाव दिएका हुन् । एक सय २० दिनअगाडि नै निर्वाचनको मिति तोक्न आयोगको सुझाव छ ।

प्रधानमन्त्रीका ज्योतिषी रिजाल भन्छन्- मंसिर २ वा ४ मा निर्वाचन उत्तम

यता ज्योतिषशास्त्रअनुसार ३० कात्तिक, अनि २, ४, ८ र १० मंसिरमा उपयुक्त दिन छ । मंसिर प्रधानमन्त्रीका लागि लक्की महिना पनि हो । ७ मंसिरमा औँसी परेको छ । त्यसैले ६ र ७ मंसिरलाई छल्नुपर्ने हुन्छ ।

८ मंसिरपछि कुलपूजा पर्ने भएकाले त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ । मंसिर २ र ४ को मिति बढी उत्तम छ । मैले प्रधानमन्त्रीको सचिवालयमार्फत निर्वाचनको मितिबारे कुराकानी गरेको हुँ । केही दिनमा निर्वाचनको मिति घोषणा होला ।

प्रकाशित : २०७९ असार २३, बिहीबार ०८:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ