पूर्वप्रधानमन्त्री भट्टराई र मेयर बालेन्द्रबीच भेटवार्ता


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जनता समाजवादी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् ।

भेटमा काठमाडौं महानगरको समस्या र योजनाबद्ध विकासबारे छलफल भएको पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘काठमाडौं मनपा मेयर बालेन साह र टिमसँग महानगरपालिकाका समस्या र योजनाबद्ध विकासबारे सार्थक विमर्श । सफलताको हार्दिक शुभकामना,’ ट्विटरमा भट्टराईले लेखेका छन् ।

प्रकाशित : २०७९ असार २४, शुक्रबार १५:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ