जसपा यादव पक्षले भन्यो- काठमाडौंमा गर्ने भनिएको बैठक अवैधानिक


काठमाठौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगन्जमा बस्न लागेको र अन्यत्र बस्ने भनेर गरिएको भ्रमपूर्ण प्रचारमात्रै भएको बताएको छ ।

अध्यक्ष यादवले असार २९ र ३० गते वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक राखेका छन् । तर, त्यही दिन पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षले काठमाडौंमा बैठक राखेको छ।

पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले शुक्रबार विज्ञप्तिमार्फत पार्टीको आधिकारिक बैठक वीरगन्जमा बस्ने लागेको र अवैधानिकरुपमा भएको भ्रमपूर्ण प्रचारको पछि नलाग्न आग्रह गरे ।

‘केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनाधिकृतरुपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी भ्रम फैलाइरहेको बुझिन आएको, तर त्यो बैठक पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ,’ अधिकारीले विज्ञप्तिमार्फत भनेका छन् ।

प्रकाशित : २०७९ असार २४, शुक्रबार १८:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ