सिरहा सुडी समाजको अध्यक्षमा मनोज साह


सिरहा । सिरहा सुडी समाजको अध्यक्षमा मनोज साह सर्वसम्मतले चयन भएको छ । सिरहा सदरमुकाममा समाजको दोस्रो साधारण सभावाट अध्यक्षमा साहलाई सर्वसम्मत चयन गरेको हो ।

उक्त समाजको वरिष्ठ उपाध्यक्षमा अमर साह, चन्द्रदीप पूर्वे, महासचिवमा विनोद साह, सचिवमा सुशील कुमार महसेठ, कोषाध्यक्षमा शंकर खर्गा, सदस्यहरुमा अनिता देवी खर्गा, वविता महासेठ, सरस्वती देवी साह, उपेन्द्र साह लगायत ११ सदस्यीय समिति चयन गरिएको छ ।

प्रकाशित : २०७९ असार २५, शनिबार ०६:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ