मधेस : पोखरीमा डुबेर दुई बालिकाको मृत्यु


राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका ५ मा मंगलबार पोखरीमा डुबेर एकै गाउँका दुईजना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका ५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार अत्यधिक गर्मी बढेका कारण सात/आठ जना बालिकाहरू मिलेर सोही ठाउँका दीपक चौधरीको पोखरीमा आज नुहाउन गएका थिए । सोही क्रममा रजनी र सेन्द्री पानीमा डुबेको स्थानीयवासीले जनाएको छ ।

सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा मृत्यु भएको छ भने रजनीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७९ असार २८, मंगलवार २०:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ