मेयर चौधरीलाई शिक्षक संघको सम्मान


धर्मेन्द्र पासवान, लहान । नेपाल शिक्षक संघ नगर कार्यसमिति लहानले लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरी लगायत निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

‘सन्तुष्ट शिक्षक, असल शिक्षा’ मुख्य उद्देश्य बोकेको शिक्षक संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर चौधरीले भने ‘शिक्षकहरू बच्चाको अभिभावक मात्र होइन होइन आमा बुवा पनि हुनुहुन्छ । शिक्षकको काम नै शिक्षण गराउनु हो, उनीहरूले बच्चालाई अनुशासन सिकाउनु हो । म विद्यालयको निरीक्षण गर्न जाँदा कुनै पनि शिक्षकको अपमान गरेको छैन ।’

मेयर चौधरीका अनुसार लहान नगरपालिकाले सबैभन्दा विषेश प्राथमिकता शिक्षालाई दिएको छ । जसको लागि सबैभन्दा बढी साह्रे ४ करोड बजेट शिक्षामा राखेको छ । गरिब, दलित विपन्नको छोराछोरीले कसरी सुलभ तरिकाले शिक्षा हासिल गरुन् भन्ने कुराको जिकिर मेयर चौधरीले गरेक थिए ।

विगतका लहानका नगरपालिका प्रमुखले आफु निकटका शिक्षक बाहेक सबै शिक्षकरूलाई दु:ख दिएको कार्यक्रमको अध्यक्षता गरेका नेपाल शिक्षक संघ नगर कार्यसमिति लहानका सभापति तथा जनता माध्यमिक विद्यालय सोनमति गाढाका प्रधानाध्यापक अरविन्द कुमार दासले आफ्नो दुखेसो पोखेका छन् ।

उनले एउटा एउटा कथाको उदाहरण दिंदै भनेका थिए ‘कि एक दिन एउटा जंगलमा एउटा बाघले गाईलाइ मार्न लखेट्ने थाल्यो । गाई बाध्य भएर पानीमा पस्यो र त्यो गाईले बाघलाई भन्यो अब त म बाँच्छु तिमी डुबेर मर्छौ ।

यति सुनेर बाघले गाईलाई सोधे म कसरी मर्छु ? गाईले जवाफ दियो मेरो मालिकले मलाई खोज्दै आउँछ र मलाई बाहिर निकालेर लग्छ, तिमीलाई कसैले बचाउन आउँदैन । र भयो पनि त्यस्तै । गाईको मालिक र ३/४ जना मान्छे आउँछ र गाईलाई बचाएर लग्छ, बाघ डुबेर मर्छ ।’

प्रधानाध्यापक दासले आफ्नो पिडालाई कथाको मार्फत राखेका थिए । कार्यक्रमलाई सञ्चालन गरेका (उद्घोषक) वस्तीपुर माध्यमिक विद्यालयको मावि तहमा कार्यरत युवा शिक्षक मनोज कुमार यादवले शिक्षालाई पूर्वाधारको पनि पूर्वाधार बताएका छन् ।

उनले लहान नगरपालिकाको स्थानीय तहको निर्वाचनको बेला अधिकांश मेयर पदका प्रतिस्पर्धीहरुले चुनावी घोषणापत्रमा शिक्षालाई सबैभन्दा तल राखिएको देख्दा दु:खद भएको बेलामा महेश दाइले शिक्षालाई पहिलो बुँदामै राखेको देख्दा त्यतिबेला खुशी भएको जिकिर गरेका छन् ।

शिक्षक यादवले लहान नगरपालिकाले शिक्षकहरूको तलब साउनबाट मासिक रूपमा नै उपलब्ध गराउने निर्णयको खुला दिलले प्रशंसा गरेका छन् ।

प्रकाशित : २०७९ असार ३१, शुक्रबार ०७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ