नेशनल माइक्रोफाइनान्स बरियारपट्टी शाखाले गरे नागरिकसंग अन्तरक्रिया


धर्मेन्द्र पासवान, लहान । सिरहाको बरियारपट्टी गाउँपालिका रहेको नेशनल माईक्रोफाइनान्स लघुवित्त वितीय संस्था लिमिटेड शाखाले जनप्रतिनिधि र नागरिक समाजसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

बरियारपट्टी गाउँपालिकाको जनता माध्यमिक विद्यालयको प्रांगणमा गाउँका अगुवाहरुको भेला गरि अन्तरक्रिया कार्यक्रम गरेको छ । नेशनल माईक्रोफाइनान्स लघुवित्त वितीय संस्था लिमिटेड बरियारपट्टी शाखाका तर्फबाट कम्पनीको सिईओ रामबहादुर यादवको अध्यक्षता तथा बरियारपट्टी गाउँपालिका गाउँपालिकाको अध्यक्ष संतोष कुमार महतोको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियोे ।

नागरिक समाजसंग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बरियारपट्टी गाउँपालिका अध्यक्ष संतोष कुमार महतोले भने ‘अहिले लघुवित्त संस्थाहरुले हरेकलाई खुशी पार्न प्रयत्नरत्न गरिरहेको छ ।

बैंकिङ कारोबार, सस्तोमा ऋण, पशुपालन, मत्स्य पालन , खेती किसानीका लागि किसानलाई सस्तोमा ऋण दिइदैं आइरहेको बताए । गाउँपालिका अध्यक्ष महतो अनुसार बरियारप्ट्टी गाउँपालिकाको समृद्धीको आधार अनुरुप लघुवित्त वितीय संस्था रहेका छन् ।

कार्यक्रममाका अध्यक्षता गरेका सिइओ रामबहादुरले श्रीलंकामा उत्पन्न आर्थिक समस्याको उदाहरण दिंदै भने ‘नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड राष्ट्रिय स्तरको ‘घ’ वर्गको वित्तीय संस्था हो । यस संस्थाको मुख्य उदेश्य लघुवित्त कार्यक्रम मार्फत समाजमा रहेका विपन्न तथा गरिब वर्गको जीवनस्तर माथि उठाउने र राष्ट्रको गरिबी न्युनिकरणमा टेवा पुर्‍याउने रहेको छ ।’

बरियारपट्टी गाउँपालिका नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका प्रत्यासी अजयकुमार यादवले कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘किसानहरु अब आउने दिनमा भविष्य सुनिश्चित गर्नको लागि बैंकीङ्ग कारोबार गर्नुपर्छ । जसले मिटरब्याजलाई निरुत्साहित पनि गर्छ ।’ उनले मधेशमा व्याप्त ठुलो समस्या समेत रहेको मिटरव्याजलाई बैंकिङ कारोबारले असर पुग्ने समेत जनाएका छन् । साथै यादवले अहिलेको युग प्रविधि मैत्री रहेकाले बैंकिङ कारोबारलाई उचित ठानेका छन् ।

स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेस पार्टीबाट औरही गाउँपालिकामा उपाध्यक्ष पदको उम्मेदवार बनेकी युवा नेतृ जीवछी देवी यादवले लघवित्त संस्थाले ऋणदेखि लिएर सहयोग भावना दर्साउदैं आएको जिकिर गरेकी छन् । उनले जस्तो परिस्थिति भएपनि गाउँघरका निमुखाहरुको सबैभन्दा नजिकको बैंक वित्तीय संस्था नै रहेको उल्लेख समेत गरिन ।

कार्यक्रममा बरियारपट्टी गाउँका किसान, मजदुर, बुद्धिजीवी, शिक्षक, राजनीतिककर्मी, अगुवा, नागरिक समाज लगायत लघुवित्त संस्थाको कर्मचारीहरुको उल्लेखनीय सहभागीता सहभागिता रहेको थियोे ।

प्रकाशित : २०७९ असार ३२, शनिबार २०:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ