आजदेखि नेपाल टेलिकमको डाटा र भ्वाइस कल सस्तो !


काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाको महसुलमा आज (साउन १) गतेदेखि नयाँ दर लागु हुने भएको छ ।

नेपाल सरकारले हाल लिँदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई आजदेखि लागू हुनेगरी १० प्रतिशतमा झारिएको टेलिकमले जनाएको छ । टेलिकम कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै महसुल दर परिवर्तनबारे जानकारी गराएको हो ।

कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दर अन्तर्गतका भ्वाइस र डाटा सेवा तथा पीएसटीएन, एडीएसएल र एफटीटीएच लगायतका सेवाको महसुलमा समेत लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने छ ।

यसैगरी साउन १ देखि समर अफर अन्तर्गत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ । पहिले उपलब्ध सबै अफरहरूलाई अब उही मूल्यमा थप डाटा तथा भ्वाइस मिनेट अफरका साथ उपलब्ध गराइएको छ ।

त्यसैगरी कतिपय अफरलाई परिमार्जन गरिएको छ भने केही नयाँ अफरसमेत थप गरिएका छन् । यस अनुसार केही अफरहरूमा उही मूल्यमा पहिलेभन्दा ४ गुणासम्म बढी डाटा भोलुम थप भएका छन् ।

यस बाहेकका डाटा प्याकेज, भ्वाइस प्याकेज, एक दिने तथा एक मासिक प्याकेजहरुमा समेत सोही अनुसारको रिसोर्स थप गरी आकर्षक बनाइएको छ।

‘उदाहरणका लागि सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ।’ सहप्रवक्ता रञ्जित लोहियाद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । यसैगरी पोस्टपेड, प्रिपेडलगायतका अन्य विभिन्न अफरहरूमा पनि थप रिसोर्स प्रदान गरिएको छ ।

प्रकाशित : २०७९ श्रावण १, आईतवार ०७:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ