सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच एक घण्टा वार्ता, के के कुराकानी भयो ? हेर्नुहोस्


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको हो । डा भट्टराईको सचिवालयका अनुसार दुई नेताबीचको भेटवार्तामा प्रचण्डको भारत भ्रमण, आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।

प्रचण्ड र बाबुरामबीचको करिब १ घन्टाको भेटवार्तामा समाजवादी केन्द्र गठनबारे पनि छलफल भएको बताइएको छ। मंगलबार नै प्रचण्ड र बाबुरामसँगै नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि सिंहदरबारमै छलफल गर्ने तयारी गरिएको छ ।

उक्त भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल र नेता बामदेव गौतम पनि सहभागी हुने बताइएको छ।

प्रकाशित : २०७९ श्रावण ३, मंगलवार १५:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ