अब जनकपुरधाममै इलेक्ट्रिक स्कूटर !


जनकपुरधाम । लामो समयदेखि प्रतिक्षित इलेक्ट्रिक स्कुटरको शोरुम जनकपुरधाममा पनि संचालनमा आउन लागेको छ ।

साउन ५ गते बज्र गुपद्धारा निर्मित स्कुटरको शोरुम जनकपुरधाममा शिलान्यास हुन लागेको छ । सो शिलान्यासपछि इलेक्ट्रीक स्कुटर जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्मा चोकस्थित इन्द्रेनी अटो मोवाइलबाट अधिकारिक रुपमा विक्रि हुने बताइएको छ ।

जनकपुरधामका नगर प्रमुख मनोजकुमार साह र २०१७ का मिस इन्टरनेशनल नीति साहको उपस्थितिमा शोरुम शिलान्यास हुन लागेको छ । ग्रुपले जनकपुरधाममा आफ्नो अधिकारिक विक्रेता इन्द्रेनी अटो मोवाइललाई घोषणा गरिसकेको छ ।

प्रकाशित : २०७९ श्रावण ४, बुधबार ०७:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ