जनमत पार्टीको किसान आन्दोलन फेरी सुरु, आज जनकपुरमा प्रदर्शन


जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले किसान आन्दोलन पुनः सुरु गरेको छ ।

किसानको विभिन्न माग राखेर जनमत पार्टीले केहि जिल्लामा सिडिओमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइसकेको छ भने आज जनकपुरमा प्रदर्शन गरिने तयारी गरिएको छ । जनकपुरमा प्रदर्शन पश्चात सिडिओ मार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ ।

जनमत पार्टीका नेता विपी साहले आज विहान १० बजे जनकपुरको गंगासागर पाखेरी नजिकैबाट किसान आन्दोलन सुरु गर्ने बताए । उनले किसान आन्दोलनमा सहभागी हुन सम्पूर्ण किसान, मजदुर र पार्टीका नेता कार्यकर्ताहरुलाई अनुरोध गरेका छन् ।

किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने, बालिको विमा गर्नुपर्ने, कृषि ऋण मिनाहा गर्नुपर्ने लगायतका १४ बुंदे माग राखेर जनमत पार्टी किसान आन्दोलन गरिरहेको छ ।

प्रकाशित : २०७९ श्रावण ४, बुधबार ०८:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ