नेपालको पासपोर्ट विश्वकै कमजोर !


काठमाडौं । संसारभरिका पासपोर्ट (राहदानी)हरूको एक सर्वेक्षणले जापानको राहदानी सबैभन्दा बलियो देखाएको छ ।

लन्डनमा रहेको हेन्ली कम्पनीले गरेको ‘पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको राहदानी भने निकै कमजोर पाइएको छ ।अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १०६ औं स्थानमा राखेको हो ।

उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१०५ औं) स्थानमा छ । गत वर्ष नेपाल १०९औं स्थानमा रहेको थियो । संसारका कति मुलुकहरूले भिसाबिनै (भिसाफ्री स्कोर) ती मुलुकमा प्रवेश गर्न दिन्छन् भन्ने आधारमा उक्त सूची तयार गरिन्छ । जसअनुसार जापान एक नम्बरमा छ । त्यस्तै सिंगापुर र दक्षिण कोरिया दोस्रो तथा जर्मनी र स्पेन तेस्रो स्थानमा रहेका छन् ।

जापानी नागरिकहरूले पहिले नै भिसा नलगाई संसारका १ सय ९३ मुलुकहरूको भ्रमण गर्न पाउँछन् भने नेपालीले मात्र ३८ मुलुकको भ्रमण गर्न मिल्छ ।

दोस्रो शक्तिशाली सिंगापुर र दक्षिण कोरियाको राहदानीले १ सय ९२ देश र तेस्रो स्थानमा रहेको जर्मनीको राहदानीले १ सय ९० देश घुम्न सकिन्छ ।

प्रकाशित : २०७९ श्रावण ४, बुधबार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ