जनकपुरमा चुरे तथा वन जंगल संरक्षण अभियानीले थाले रिले अनशन


जनकपुरधाम । चुरे तथा वन जंगल संरक्षण अभियानले बुधवारबाट जनकपुरधाममा अनिश्चितकालिन रिले अनशन थालेको छ ।

चुरे वन जंगल संरक्षण सम्बद्र्धनका निम्ती र भूमिहिन दलीत सुकुम्बासी तथा अव्यवस्थीत बसोबासीहरुको हक अधिकारका निम्ती अभियानले जनककपुरधामस्थित जनक चौकमा अनिश्चितकालिन रिले अनशन थालेको छ ।

सरकारले भूमीहिनको नाममा दिएको जग्गा, पहुँचवाला र नक्कली भूमीहिनले प्राप्त गर्दै आएको गुनासो अभियानका संयोजक सुनिल यादवले बताए ।

तराईको लाइफ लाइन मानिने चुरेको नाममा समेत करोडौको रकम सरकारले खर्च गर्दै आएता पनि चुरे तथा तराई मधेसका वन जंगल संरक्षण हुनुको साटो पैसा र पहुँचवालाले कब्जा गरेर निजी स्वार्थको लागि उपभोग गर्दै आएको यादवले आरोप लगाएका छन् ।

आफूहरुले राखेको मांग पूरा नभए आगामि दिनमा आमरण अनशनमा बस्न बाध्य हुने यादवले चेतावनी दिएका छन् । अभियानले विगतमा आमरण अनशनमा बस्दा प्रदेश सरकारले मांग पूरा गर्ने आश्वासन दिएको थिए । तर मांग पूरा नभएको संयोजक यादवको आरोप छ ।

प्रकाशित : २०७९ श्रावण ५, बिहीबार ०८:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ