पर्साको ठोरी आसपासमा अतिभारी वर्षा, सतर्कता अपनाउन आग्रह


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले हाल पर्साको ठोरी र आसपासमा भारी वर्षा भइरहेको जनाएको छ ।

भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउने हुँदा वरपरका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । सतर्कता मध्यान्ह १२ बजेसम्म अपनाउन पर्ने महाशाखाले जनाएको छ ।

‘पर्सा जिल्लाको ठोरी र आसपास पछिल्लो एक घण्टा अतिभारी बर्षा मापन भएको छ । सो क्षेत्र र आसपास भई बहने साना खोलामा आकस्मिक बाढी आउनुको साथै पर्सा जिल्लामा डुवान भईरहने होचा स्थानमा दिउँसो १२ बजे सम्म सतर्कता अपनाऔं,’ महाशाखाले आज विज्ञप्ति मार्फत भनेको छ ।

प्रकाशित : २०७९ श्रावण ५, बिहीबार ०९:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ