किसान आन्दोलनः आज सिरहामा प्रदर्शन गर्ने जनमत पार्टीको तयारी


टुडेखोज, सिरहा । किसान आन्दोलन अन्तर्गत जनमत पार्टीले आज सिरहा सदरमुकाममा प्रदर्शनको तयारीमा जुटेको छ ।

जिल्लाका सबै गाउँपालिका र नगरपालिकाबाट जनमतका कार्यकर्ताहरु आन्दोलनका लागि सिरहा सदरमुकाममा भेला हुनेक्रम सुरु भएको हो । केहि बेरमा प्रदर्शन सुरु हुने जनमत पार्टीले जनाएको छ ।

किसानलाई मलखाद उपलब्ध गराउनुपर्ने, किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, खेतमा सिँचाई गर्नुपर्ने लगायतका १४ बुँदे माग राखेर जनमत पार्टी किसान आन्दोलन जारी राखेको छ ।

किसानहरुको माग सम्बोधनका लागि आज प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने जनमत पार्टीका नेता तथा औरही गाउँपालिका ५ का पूर्व वडाध्यक्ष दिलिप यादवले बताए ।

जनमत पार्टीले हिजो जनकपुरधाममा प्रदर्शनको क्रममा मधेसको कृषि मन्त्रालयमा तालाबन्दी गरेको थियो । माग पुरा नभएसम्म तालाबन्दी जारी राख्ने चेतावनी जनमत पार्टीले दिएको छ ।

प्रकाशित : २०७९ श्रावण ५, बिहीबार १०:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ