औरही गाउँपालिकामा तालाबन्दीको तयारी, ठूलो संख्यामा प्रहरी परिचालन


टुडेखोज, सिरहा । हटाइएका करार कर्मचारीहरुले औरही गाउँपालिकामा तालाबन्दी गर्ने तयारी गरेका छन् ।

करार कर्मचारीको म्याद थप नहुने असार ३१ गतेको सूचना गाउँपालिका कार्यालयको वेवसाइटमा साउन ५ मा अपडेट गरिएको हो । उक्त सूचना सार्वजनिक भएपछि पूर्व कर्मचारीहरु गाउँपालिकामा तालाबन्दी गर्ने तयारी गरेका हुन् ।

तालाबन्दीको सुइँको जनप्रतिनिधिहरु पाएपछि सुरक्षाकर्मी बोलाएका छन् । आज विहानैदेखि गाउँपालिकामा ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालित छन् ।

तत्कालिन गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले करारमा नियुक्त गरेका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय नवनिर्वाचित जनप्रतनिधिहरुले गरेका छन् । सो निर्णय बमोजिम करार सबै कर्मचारीको म्याद थप नहुने सूचना निकालिएको छ ।

प्रकाशित : २०७९ श्रावण ६, शुक्रबार १०:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ