जनकपुरमा तीन दिनभित्र फुटपाथ खाली गर्न आग्रह


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले तीन दिनभत्र जथाभावी कब्जा गरिएको फुटपाथ तथा सडक पेटी खाली गर्न आग्रह गरेको छ ।

विहीबार जनकपुरधाम उपमहानगरपालिकाले फुटपाथमा हुने अव्यवस्थित व्यवसाय बन्द गर्न अनुरोध गरेको छ । जनप्रतिनिधि र प्रहरीसहितको टिमले संयुक्त रुपमा बजार घुमी स्थानीय सर्वसाधारण र व्यवासयीलाई सो अनुरोध गरेका छन् ।

साथै जथाभावी फोहर पनि नफाल्न नगरबासीलाई सचेत गराइएको छ । जथाभावी पान र गुट्खा खाएर नथुक्न पनि पालिकाले सूचना जारी गरेको छ ।

सडकमै गरिने अव्यवस्थित पार्किङ, नगरलाई हराभरा बनाउन र धार्मिक पर्यटकलाई आकर्षण गर्न सबैले आफ्नो आफ्नो दायित्व पुरा गर्न पालिकाले अनुरोध गरेको छ ।

प्रकाशित : २०७९ श्रावण ६, शुक्रबार १०:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ