अब मास्क अनिवार्य लगाउनु पर्ने !


काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि सरकारले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरि विमानस्थल, हवाई यात्रा, सार्वजनिक यातायात तथा सार्वजनिक ठाउँहरुमा अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको सूचनामा गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न भनिएको छ ।

खोप नलगाएकाहरूलाई तत्काल खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ । नेपालमा अहिले दुई हजार ५३७ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित : २०७९ श्रावण ६, शुक्रबार ११:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ