आज शनिबार : यसरी गर्नुहोस् शनिदेवको पूजा


हिन्दू धर्ममा विश्वास राख्ने मानिसले हप्ताको सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ ।

विशेष व्रत उपवासबाहेक हप्ताको कुनै एक दिन त्यो भगवानको लागि व्रत बसेर पूजा गर्ने गर्छन् । आज शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ ।

शनिबारको पूजा गर्दा यो कुराको ध्‍यान राखौँ । यस दिन पीपलको रुखको जरामा नै जल अर्पण गरौँ । यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप बाल्ने चलन छ ।

शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्‍वच्‍छ राख्नु पर्दछ । यसको अलावा शनिबारको दिन बेलुका गरिबलाई भोजन गराउँदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्‍य प्राप्त भन्ने विश्वास रहेको छ ।

प्रकाशित : २०७९ श्रावण ७, शनिबार ०८:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ